प्याब्सनद्धारा देशभरका विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं,२ असोज —निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो ।

संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक वालविकास शिक्षादेखि कक्षा १२ सम्म कुल विद्यार्थी मध्य ५ सय सम्म व्द्यिार्थी भएका विद्यालयले १०, ८ सय सम्मकाले १२ र सो भन्दा माथी विद्यार्थी संख्या भएका विद्यालयले १५ प्रतिशत निःशुल्क अध्यापन गराउनुपर्ने उल्लेख गरिएको छ ।