दसैँका लागि ४० अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गरिने

काठमाडौं,२ असोज —नेपाल राष्ट्र बैंकले दसैँका लागि ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने भएको छ । गत वर्षजस्तै यो वर्षपनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको हो ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।