टिमुरेमा पहिरो खस्दा दुईको मृत्यु, नौ घाइते

काठमाडौ,३१ भदौ— निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन् । मुुत्यु हुनेमा रुकुमको भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोका र मकवानपुर हेटौंडा नगरपालिका ११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौला रहेका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।