निर्मला हत्या प्रकरणः ६ प्रहरी निलम्बित

काठमाडौं,३१ भदौ — गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।  गृहमन्त्रालयले डीएसपी जिसीसहित ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको छ ।