सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुले ४ जनाको मुत्यु

काठमाडौ,३० भदौ — सप्तरीको कञ्चनपुुर हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुकाका कारणले ४ जनाको मुत्यु भएको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहीबार सम्पन्न आपत्कालीन बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा सहायता कक्ष राख्ने विषयमा निर्णय भएको प्रजिअ सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
रासस