थुनिएको बडिगाड बग्न थाल्यो, ओभरफ्लोले जोखिम बढ्दै

काठमाडौ,३० भदौ —शुुक्रबार राती खसेको पहिरोले थुनिएको बडिगाड खोला बग्न थालेको छ । वाग्लुुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतुरे डाँडा खस्दा पहिरोले खोला थुनिएको छ । खोला थुनिएर बनेको तालको पानी विहानदेखी ओभरफ्लो भएर बग्न थालेपछि त्यस क्षेत्रमा क्रास फैलिएको छ । पहिरो खस्दा मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ ।