निर्मला पन्तको हत्यारा माथि कारवाही हुनुपर्छ —राष्ट्रपति भण्डारी

काठमाडौ,२९ भदौ —राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तको हत्यारा माथि कारवाही हुनुपर्ने बताएकी छन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बालबालिकामाथि हुने जुनसुकै जघन्य अपराधमाथि राज्य गम्भीर हुनुपर्ने बताइन ।