रिहा भए पत्रकार बस्नेत

 

काठमाडौं,२९ भदौ — पत्रकार राजु बस्नेत पक्राउ परेको पाँच दिनपछि रिहा भएका छन् । खोजतलास साप्ताहिक तथा खोजतलास न्युजडटकमका प्रधानसम्पादक बस्नेतलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको एकल इजलासले शुक्रबार साधारण तारेखमा रिहा गरेको हो ।
उनले दृष्टिन्यूज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा साभार गरेका थिए । समाचारमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने हेडलाइन राखिएको थियो ।
महानगरीय प्रहरी परिसर जावलाखेलले बस्नेतलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि भन्दै आइतबार पक्राउ गरेको थियो ।