दसैँमा यातायात व्यवसायीले गाडी नथप्ने

काठमाडौ,२९ भदौ —दसैँका लागि यातायात व्यवसायीले थप बस नचलाउने भएका छन् । वैशाखदेखि सिन्डिकेट अन्त्यपछि असन्तुष्ट व्यवसायीले दसैँमा थप बस नहाल्ने योजना बनाएका छन् । विगतका दसैँमा ५०० भन्दा बढी गाडी थप्ने गरेकामा यो वर्ष कुनै पनि व्यवसायीले थप बस बुकिङ गरेको छैन । अहिले सञ्चालनमा रहेका बसले मात्रै दशैँ तिहारमा यात्रुको चाप थेग्न नसक्ने, तर व्यवसायीले थप गाडी पनि नहाल्ने व्यवसायीको भनाई छ ।