आज ऋषिपञ्चमी मनाइँदै

काठमाडौं, २९ भदौ — आज सप्त ऋषिको पूजा आराधना गर्दै ऋषिपञ्चमी मनाइँदै  छ ।  रजस्वलाका समयमा भएका त्रुटि आज अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।
आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ ।