कांग्रेसद्वारा संसद अवरुद्ध

 

काठमाडौं,२८ भदौ  —   कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिलाउन सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसका सांसदहरू उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।