छानबिन समितिका सदस्य केसीद्वारा राजीनामा फिर्ता

काठमाडौ, २८  भदौ   —  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनका लागि बनेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले दिएको राजीनामा फिर्ता लिएका छन् । केसीले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिज्ञप्ति जारी गर्दै आफूले राजीनामा फिर्ता लिएको बताएका छन् ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा सरकारले निर्मला पन्त हत्याको घटना छानबिन गर्न समिति गठन गरेको थियो । १५ दिनको समयसीमा लिएर काम थालेको टोलीले तयार भएको प्रतिवेदन समयमै नबुझाएको भन्दै केसीले राजीनामा दिएका थिए ।