श्रीलंका सरकारद्धारा हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध

काठमाडौ,२८ भदौ   —   श्रीलंका सरकारले मुलुकका हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध लगाएको छ । बोका, राँगा, कुखुरा बली दिने प्रथामाथि प्रतिबन्ध लगाइएको हिन्दु धर्म मामिला मन्त्रालयले जनाएको छ ।  बली दिने क्रममा हिन्दु र मुस्लिम समुदायले पशुलाई पिडा दिने गरेको भन्दै पशु अधिकारकर्मी तथा बौद्ध धार्मिक समुहले विरोध गर्दै आएका छन् ।