आज हरितालिका तीज मनाइँदै, पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड

काठमाडौ, २७ भदौ — आज हिन्दुु धर्मावलम्वी महिलालहरुले  हरितालिका तीज मनाउदै छन् । तीज पर्व आज शिव पार्वतीको पूजाराधना गरी मनाइने गरिन्छ । भदौ शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ।