‘छक्का पञ्जा ३’को दोश्रो गीत सार्वजनिक (भिडियो)

काठमाडौ —‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा निशान भटराई र अििन्जला रेग्मीको स्वर रहेको छ गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई देख्न सकिन्छ।  गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । दीपाश्री निरौला निर्दे्शित फिल्म दशैंमा रिलिज हुँदैछ।