बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा खत्री पक्राउ

 

काठमाडौं २५ भदौ — काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री पक्राउ परेका छन् ।  प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए ।
उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । पीडित बालिकाको उद्दार गरिएको छ ।