निर्मला हत्याको छानविनबाट राजीनामा दिए उपसचिव केसीले

काठमाडौं, २५ भदौ —कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका सदस्य प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका छन् ।
‘मेरो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।’ केसीले बताए । आफ्नो ज्यान जोखिममा रहेको भन्दै उनले सुरक्षा समेत माग गरेका छन् ।