प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं,२५ भदौ —संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सोमबार बिहान बसेको समितिको बैठकले सुनुवाईपछि मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संवैधानिक परिषदले गत भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो ।

यसअघि संवैधानिक परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । समितिमा मिश्र विरुद्ध ४ वटा उजुरी परेकोमा एउटा फिर्ता भइसकेको छ ।

२०७१ साल जेठ १३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मिश्रलाई अप्रत्याशीत रुपमा ‘प्रधानन्यायाधीश’को मौका परेको हो । मिश्र ६५ वर्षे उमेरहदका कारण पुस १७ गते अवकाश पाउनेछन् ।