आज बाबुको मुख हेर्ने तथा कुशे औँशी मनाइदै

काठमाडौं,२४ भदौ — आज हिन्दुु धर्मालम्बीहरुको महान चाड कुशे औँशी तथा बुुबाको मुुख हेर्ने दिन पवित्र कुश घर–घरमा भित्र्याएर मनाइदै छ ।
भाद्र कृष्ण औँसीका दिन मनाइने यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।