हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइयो

काठमाडौँ,२४ भदौ— तनुवाकोटको मैलुङ्गपाखाका शनिबार  अल्टिच्युड एयरको  हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनाको शव आइतबार काठमाडौँ ल्याइएको छ ।

अल्टिच्युड एयरको हेलिकप्टर गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा रहेका ७ जना मध्ये, ६ जनाको मुत्यु भएको र एक जना महिलाको भने जीवितै उद्धार गरिएको छ ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ।