हेलिकप्टरमा दुुर्घटना भएकाहरुको शव आइतबार काठमाडौ ल्याइदै

नुवाकोट, २४ भदौं—हेलिकप्टर दुुुर्घटनामा मृत्युु भएकाहरुको शव आइतबार काठमाडौं ल्याउने भएकोछ । अल्टिच्युड एयरको हेलिकप्टर गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियो ।
पोष्टमार्टमका लागि हेलिकप्टरबाट शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ। हेलिकप्टरमा रहेका ७ जना मध्ये, ६ जनाको मुत्यु भएको र एक जना महिलाको भने जीवितै उद्धार गरिएको छ ।