राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्त ठाकुर भन्छन्, ‘मधेस केन्द्रिय उपनिवेशको शासनबाट मुक्ति चाहन्छ’

 

काठमाडौं,२४ भदौ — राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्त ठाकुुरले मधेस केन्द्रिय उपनिवेशको शासनबाट मुक्त हुन चाहने बताएका छन् । उनले राजधानीमा शनिबार आयोगीत एक कार्यक्रममा यस्तो विचार राखेका हुन् । पत्रकार बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय’ सार्वजनिक कार्यक्रममा यस्तो विचार राखेका हुन् ।
२०७४ सालमा मधेस आन्दोलन, नाकाबन्दी संविधान जस्ता महत्वपुर्ण घटना घटे । यसैलाई आधार बनाएर बसन्तले पुस्तक लेखेका हुन् । यसै प्रशंग कोट्याउदै महन्तले काठमाडौं भन्दा पहिलला मधेसको सभ्यताको विकास भएको बताए । उनका अनुसार मधेसले नै काठमाडौलाई सभ्य बनाएको हो । अहिले तिन मधेसका मान्छे अपहेलित छन् । अब मधेस आफैल आफ्नो शासन गर्छ । ‘केन्द्रको उपनिवेश शासनबाट मधेस मुक्ती चाहन्छ’, उनले भने, ‘अब मधेसको सरकार बनीसकेको छ । मधेस आफ्नो स्थान आफै बनाउछ ।’
नेपाल साप्ताहिकका सह सम्पादक बसन्तको पुस्तकलाई पुर्व राष्ट्रपति डा. रामवरण यादव, पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्व सभामुुख सुवाष चन्द्र नेम्वाङ, मानवअधिकार आयोगकी प्रवक्ता मोहना अनसारी लगायतले सार्वजनिक गरे ।