उपराष्ट्रपतिको बस्ने स्थान महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा सारिने

काठमाडौं, २२ भदौ—उपराष्ट्रपतिको कार्यालयलाई सरकारले अब महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा भएको स्थानमा सार्ने भएकोछ । बिहिबार बेलुुकी मन्त्री परिषद्को बसेको बैठकले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौतीमा सारेर त्यहाँ उपराष्ट्रपति कार्यालय राख्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
मन्त्री पण्डितका अनुसार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय सँगै हुनुपर्छ भन्ने मान्यताका साथ यस्तो निर्णय गरिएको हो । १८ महिना भित्र सबै व्यवस्थापन मिलाएर कार्यालय सारिने जानकारी उनले दिए।