भद्रपुरमा लिम्बुहरुको अर्धनग्न विरोध प्रदर्शन

काठमाडौ, २२ भदौ—झापाको भद्रपुरमा युवाहरुले अर्धनग्न विरोध प्रदर्शन गरेका छन् । यसअघि सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन गरेर चर्चामा आएका बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन् ।
लिम्बूको नेतृत्वमा चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर नगरपालिकाअगाडि पुगेर विरोध प्रदर्शशन गरेका थिए।।