चीनले नेपाललाई सबै बन्दरगाह प्रयोग गर्न दिने सहमती

 

काठमाडौं, २२ भदौ—चीनले नेपाललाई तेस्रो मुलुकबाट सामान आयात गर्नका लागि आफ्नै सबै बन्दरगाह प्रयोग गर्न सहमती जनाएकोछ । नेपाल चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गरेपछि नेपालले अनुकुल हुने गरि चीन का जुनसुकै बन्दरगाह प्रयोग गरेर सामान ल्याउन सक्नेछ ।
यसले गर्दा तेस्रो मुलुुकबाट सामान आयात गर्दा भारतीय बन्दरगाह प्रयोगग गर्नु पर्ने बाध्यता थियो । अब चीनले यो सहज पारेपछि यस्तो अवस्था अन्त्य हुनेछ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालका अनुसार नेपाललाई चीनका सबै समुन्द्री र सुख्खा बन्दरगाह प्रयोग गर्न दिने विषयमा चीन सहमत भएको बताएका छन् ।