प्रस्तावित प्रधानन्यायाधीश मिश्रमाथि ४ उजुरी

काठमाडौ,१२ भदौ —प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रको नाममा चारवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले तोकेको १० दिनको समयमा उजुरी परेको संघीय संसद् सचिवालयले जनाएको छ । उजुरीमाथि आइतबार बस्ने समितिको बैठकले कारवाही अगाडि बढाउने सचिवालयका सहप्रवक्ता केशव अर्यालले बताए ।