सडक विस्तारमा ढिलासुस्ती नगर्न मेयर शाक्यको निर्देशन

काठमाडौं,२० भदौं —सडक विस्तारमा ढिलासुस्ती नगर्न काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्देशन दिएका छन् । राजधानीका सडका खाल्टाखुल्टीका कारण निकै समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका हुन् ।

वर्षा पनि विस्तारै कम हुँदै गएपछि राजधानीका सडक निर्माणलाई तीव्रता दिन मेयर शाक्य लागि परेका हुन् ।  बुधवार काठमाडौँको भोटेबहाल सडक निर्माणको अनुगमनमामा सोही क्षेत्र र आसपासका वडाध्यक्ष, उपभोक्ता समिति र क्लवका प्रतिनिधिसहित पुगेका थिए । भोटेवहाल पुगेर सडक निर्माणको कामलाई चुस्तरुपमा अघि बढाउन निर्देशन दिए । उनले विकास निर्माणको काम वित्र गतिमा अघि बढ्ने भन्दै काममा ढिलासुस्ती नगर्न पनि निर्देशन दिएका छन् ।