गरिबी निवारण कोषका उपाध्यक्ष थापाद्वारा राजीनामा

काठमाडौ, २० भदौ —गरिबी निवारण कोषका उपाध्यक्ष यामबहादुर थापाले कोष अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएका छन् । उनले कार्यालयका सचिव लालशंकर घिमिरेको इमेलमार्फत राजीनामा दिएका हुन ।
कोषको करिब ३१ अर्ब रुपैयाँको हिसाबकिताबको अभिलेख रहेको सफ्टवेयर नष्ट भएपछि विवादमा आएका थिए ।।  उपाध्यक्ष थापाले दिएको राजीनामा पत्रमा घरायसी कारणले कोषमा काम गर्न नसक्ने जनाएका छन ।