पुर्व प्रधानन्यायाधिश सुशीला कार्की भन्छिन्, ‘हरेक कुरामा मै प्रथम’

 

प्रकृती दाहाल


काठमाडौ —पुर्व प्रधानन्यायाधीश शुुशीला कार्कीको आत्मवृत्तान्त न्याय प्रकाशनमा आउदैछ । काठमाडौमा यसै विषयमा जानकारी  गराउदै सुशीला कार्कीले आफ्नो न्यायलय क्षेत्रमा बिताएका तिता र मिठा अनुभव सुनाइन् । प्रथम महिला प्रधान न्यायधिश हुनु, महाअभियोग जस्तो झमेलामा पर्नु, लोकमान कार्की प्रकरण, गंगा माया अधिकारी र डा. गोविन्द केसी लगायतका जटिल मुद्धामा होमिनु उनकै लागि इतिहासमा पहिलो कदम बनेको बताइन् । पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायधिशहरु प्राय कानुनका पाना बाहेक बाहिर विचार राख्न चाहदैनन् । तर, सुशीलाले मानव अधिकारको संवेदनाप्रति सम्मान गर्दै यि विवादीत मुद्धामा साहनुभुति जनाएकी थिइन् । उनी भन्छिन्, ‘अहिले सम्म कुनै न्यायधिस सामाजिक प्रकरणमा हिनेका छैनन, म पहिली न्यायधिस हु । जसले मानवको मर्म बुझन् चाहन्छु ।’

नेपालको पहिलो महिला प्रधानन्यायाधीश को पदमा आफुु रहेकामा गर्वको महसुुस भएको बताइन् । उनले यतिबेला ४० बर्ष वकालतमा बिताएका अनुुभव समेटेर पुुस्तक ‘न्याय’ लेखेकी छन् । मंगलबार राजधानीमा पुुस्तक माथि अन्तरक्रियात्मक कार्यक्रममा आफुु प्रधानन्यायाधीश भएर पनि न्यायलयको बारेमा पहिलो पटक किताब लेखेको दाबी गरीन् ।

गलत कार्यको कुुनै पनि गोपनियता हुुदैन त्यस्ता तथ्य बाहिर ल्याउनका लागि पनि आफुले पुुस्तक लेखेको खुलासा गरीन् । उनले भनीन् ‘ प्रधानन्यायाधीश भएर पुुस्तक लेख्ने पहिलो प्रधानन्यायाधीश व्यतिm मै हुुँ, आफुुले काम गर्दा जे भोगे जे देखेँ त्यहि नै पुुस्तकमा उतारे, पुुस्तकमा भएका हरेक तत्थ्यहरु कुुनै बनाबटी छैनन् सबै सहि छन् ।

यो पुुस्तक भावि पुुस्ताका लागि एक इतिहास बन्न सक्ने, आफुु पहिलो महिला प्रधानन्यायाधीश भएका कारणले आफुमाथि खोजि हुन सक्ने भएकाले पनि आफ्नो बारेमा पुुस्तक लेख्न उत्साहित भएको उनले बताइन् ।

न्यायलयको इतिहासमा पहिलो पटक महाअभियोग झेल्नु परेको अनुभव सुुनाइन् । लामो समय न्यायलयमा संघर्ष गर्दाका क्षण समिक्षा गर्दै सुशीलाले हरेक कदममा आफु प्रथम नै भएको दावी गरिन् । पुुस्तक बुक हिलले दश महिना समय लगाएर प्रकाशन गरेको हो । जसमा कार्कीका बाल्यकाल, पारिवारिक वातावरण,कार्यक्षेत्रका अनुुभवहरु समेटिएका छन् । पुस्तक भदौ को अन्तिम सातामा बजारमा आउने भएको छ ।