एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित

काठमाडौँ, १९ भदौ —एसिया कप छनोटको अन्तिम लिग खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ३३ औं ओभरमा प्राप्त गरेको हो । यो हारसँगै  नेपालको एसिया कप खेल्ने सपना अधुुरो भएको छ ।