उत्तम सञ्जेलको तीन सय रुपैयाँ र दश जन्ती बिच बिबाह सम्पन्न

काठमाडौं– समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले विहे गरेका छन् । उनको विहेमा १० जना जन्ती सहभागी थिए भने ३ सय रुपैयाँ मात्र खर्च भएको छ ।

उनले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर परिसरमा विहे गरेका हुन्।
जन्ती जानेमा चर्चित हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सीताराम कट्टेल लगायत छन् ।

विहे ५ मिनेटमा सम्पन्न भएको थियो। भोजमा एक किलो लड्डु खुवाइएको थियो, जसलाई मह जोडीले प्रायोजन गरेका थिए।
सञ्जेलले नेपालका ७७ जिल्लासहित मित्र राष्ट्र भारत, श्रीलंका, बंगालदेशका करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका छन्।

तस्बिर —गजुरियल डटकम