चिकित्सक आन्दोलनले बिरामी मार्कामा

 

काठमाडौ, १८ भदौ —मुलुकी अपराध संहिताको विरोधमा चिकित्सकहरुले हिजो देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरुलाई मार्कामा परेका छन् । चिकित्सकको आन्दोलनका कारण उपचार बिनै घर फर्किन बाध्य भए । तर चिकित्सकहरुले भने संहिता संशोधनको माग सम्वोधन नभए अनिश्चितकालीन आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

चिकित्सकले अत्यावश्यक क्षेत्रमा पर्ने अस्पताललाई आन्दोलनको थलो बनाउँदा त्यसको मार विरामीले भोग्नु वाध्य भएका छन् ।