रोयटर्सका दुई पत्रकारलाई ७ वर्ष जेल

काठमाडौं, १८ भदौ—
म्यानमारको अदालतले रोयटर्सका दुई पत्रकारलाई ७ वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोपनीयता भंग गरेको आरोप खेपिरहेका रोयटर्स आबद्ध पत्रकारद्वय वा लोन र क्याव सोई ओओलाई त्यहाँको अदालतले आइतबार जेल सजाय सुनाएको हो ।

३२ वर्षीय वालोन र २८ वर्षका क्याव सोई ओओले पूर्वी रखिनको इन दिनमा सेनाद्वारा हत्या गरिएका १० व्यक्तिको सवुत संकलन गर्दै थिए । अनुसन्धानका क्रममा प्रहरीका दुई अधिकारीले उक्त कागजात दिने प्रस्ताव गरेका थिए । तर प्रहरीले कागजात नदिएर उनीहरुलाई गिरफ्तार गरेको थियो ।