आज गौरा पर्व मनाइँदै

 

काठमाडौ, १८ भदौ —सुदुरपश्चिमबासीको महत्वपुर्ण गौरा पर्व आज मनाईदैछ । प्रदेश ७ अन्तर्गतका जिल्लामा गौरा पर्वको रौनक छाएको छ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ ।
काठमाडौंमा बसोबास गर्दे आएका सुदुरपश्चिबासीले टुँडीखेलमा विशेष कार्यक्रमको आयोजना गरेका छन् ।  प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुृरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ ।