चिकित्सकले बुझाए पाँच हजार प्रमाणपत्र

काठमाडौ,१८ भदौ — मुलुकी ऐन, मुलुकी अपराध(संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्य्विधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपराधीको व्यवहार गरेको भन्दै चिकित्सकहरू आन्दोलित भएका हुन् ।

ऐन संशोधन नगरी काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरूले धमाधम प्रमाणपत्र संकलन गर्न थालेका छन । आइतबार पाँच हजार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिललाई प्रमाणपत्र फिर्ता गरेका छन् । चिकित्सकहरूले बुझाएको प्रमाणपत्र स्वीकृत भए उनीहरूले बिरामी जाँच गर्न पाउनेछैनन् । चिकित्सकहरूले पाँच हजार प्रमाणपत्र बुझाएको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बताएका छन् ।