एसिया कप छनोट क्रिकेटमा नेपालको दोस्रो जित

 

काठमाडौं, १७ भदौ — मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिताको सिंगापुर विरुद्धको खेलमा खेलमा नेपाल चार विकेटले विजयी भएको छ । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टाएको हो । योसँगै चार खेलबाट ४ अंक जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायम राखेको छ ।

लिग चरणको अन्तिम खेलमा ओमान र यूएई, नेपाल र हङकङ तथा मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ ।