अमेरिका र क्यानडाबीच भएको वार्ता निष्कर्ष बिहिन

 

एजेन्सी, १६ भदौ —कोरियाली खुला व्यापारबारे त्रिपक्षीय सम्झौताको संशोधनका लागि अमेरिका र क्यानडाबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । १ खर्ब डलर बराबरको ब्यापार समेट्ने सो त्रिपक्षिय सम्झौतामा क्यानडाले असहमति जनाएपछि मेक्सिको र अमेरिकाबीचको सहमतिले मात्रै अर्थ नराख्ने बीबीसीले जनाएको छ ।
सो विषयमा सहमतीका लागि क्यानडासँग आगामी साता पुन छलफल गर्ने अमेरिकी अधिकारीले बताएका छन् ।