जोर—विजोर प्रणाली लागू हुँदा यात्रुलाई सास्ती

 

काठमाडौं, १३ भदौ— बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनका लागि आजदेखि काठमाडौं उपत्यकाका सवारीमा जोर विजोर प्रणाली लागू भएको छ ।

१३ गते र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू सञ्चालन हुनेछन् भने भोली अर्थात १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू सञ्चालन हुनेछन् ।

आज विजोर नम्बर प्लेटका सवारी मात्र चल्दा यात्रुहरु मर्कामा परेका छन् । आफ्नो गन्तव्यमा पुग्न घण्टौंसम्म गाडीको प्रतिक्षामा यात्रुहरु रहेका छन् । त्यस्तै खुलामञ्चस्थित पुरानो बसपार्कका गाडी पनि नयाँ बसपार्कबाट चल्दा यात्रुले सास्ती पाएका छन् ।