श्रीलंकाका राष्ट्रपति काठमाडौंमा

भाद्र १३, काठमाडौ— बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन बुधबार अपरान्ह श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगेका छन ।

उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल स्वागत गरेका थिए । बिम्स्टेक सम्मेलन बिहीबार र शुक्रबार काठडमाडौंमा हुँदैछ । म्यानमारका राष्ट्रपति मंगलबार र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बिम्स्टेक सम्मेलनमा भाग लिनका लागि बुधबार बिहान राजधानी आइपुगेका छन् ।

बिमस्टेक सन् १९९७ मा स्थापना भएको हो । विहिवार र सुुक्रवार नेपालमा हुन लागेको चौथो सम्मेलन हो ।