सल्यानमा घर भत्किँदा एकै परिवारका ५ को मुत्यु


काठमाडौ, १३ भदौ —सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया रामकला कामी, उनीहरुका ४ वर्षका छोरा रूपलाल, छोरीहरु ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगाको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया छोरी सुनिता घाइते भएकी छिन।

कामीको परिवार सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।