भुटानी प्रमुख सल्लाहकार काठमाडौंमा, श्रीलंकाका राष्ट्रपति आजै आउने

काठमाडौ,१३ भदौ —बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनमा सहभागी हुन भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक आज काठमाडौं आइपुगेका छन् । विहान ८ बजे भूटान एयरलाइन्स (केबी ४००)को उडानबाट उनी आइपुगेका हुन् । उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
सम्मेलनमा सहभागी हुन आजै श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना अपरान्ह २ ३५ मा एयर इन्डिया (एआई २१५)को उडानबाट आइपुग्दैछन् ।