म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा

 

काठमाडौ,१२ भदौ — बिमस्टेक सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुुगेका छन् । उनी दिउँसो पौने तीन बजे काठमाडौं आइपुुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन भन्दा दुई दिन अघि काठमाडौं आइपुगेका राष्ट्रपति मिन्टले भोली लुम्बिनी भ्रमण गर्ने भएका छन् ।