पत्रकार देवेन्द्रको नरम प्रश्नमा पाका कलाकार आलोकको कडा जवाफ

 

  • अज्नना सिवा

काठमाडौं, ९ भदौ—पत्रकार देवेन्द्र थुुम्केलीले पहिलो प्रश्न सोध, ‘सच्चै हुनुहुन्छ ?’ उनी चिम्सी आखा पार्दै मुस्कुराएर जफाव दिए, ‘दुखि हुनुपर्ने के छ र खुसि छुु ?’ पोखराका पाका कलाकार आलोक गुरुङको लामो कला यात्राको रमाइलो अनुभव राजधानीमा शुक्रबार खुल्दै थिए ।

ललितकला पत्रकार समाज(सोफाज) ले आयोजना गर्ने हरेक महिनाको पहिलो शुक्रबार गरिने ‘कलाका कुरा’ श्रृंखलामा आलोकले आफ्ना कला अनुुभव साटेका हुन् । कालिकास्थानस्थित फलैचा स्पटमा आलोकले आफ्ना जिवन संघर्ष सुनाइ रहदा सुन्ने दर्शक भावुक संगै उत्साहित बनेका थिए । तनहुमा जन्मीएका आलोक इन्डीयन आर्मी बुबाको छोरा हुन् । आर्मी बनाउने बुबाको सपनामा आलोकले कहिल्यै आफ्नो कलाकार बन्ने चाहना मारेनन् ।

उनी स्वअध्ययनले कलाकार बनेको बताउछन् । पञ्चायतकालको समय सम्झदै उनले उतिबेला थुप्र राजारानीको चित्र बनाएर आफु स्थापीत चित्रकार बनेको बताउछन् । उनी अझै पनि चित्र कोर्दै आएका छन् र पोखरामा बसेर थुप्रै युवा पिडीलाई चित्र कोर्न सिकाउछन् । सोफाजका महासचिव समेत रहेका देवेन्द्रले आलोकको अन्तर मन बुुझन अत्यन्त नरम र मिठो तरिकाले प्रश्न गरेका थिए । स्पस्ट स्वभावका आलोक भने चिप्ले कुरा गर्न मन पराउदैनन । उल्टै सिधा र कडा जवाफ विचार पस्कीएका थिए । जुन हेर्न लाई अत्यन्त रमाइलो लागेको थियो ।