आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइदै

काठमाडौ,१० भदौ, —आज हिन्दुुधर्मालम्बीको रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइदै छ । नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइने गरिन्छ ।

आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

विगतमा रक्षा बन्धन अर्थात जनैपूर्णिमाको दिन देशभर सार्वजनिक विदा दिने गरिए पनि यस वर्ष भने विदा कटौती गरिएको छ । कतिपय प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिएका छन् ।