एनआरएनको १६ बुदे घोषणा पत्रमा वैदेशीक रोजगारलाई व्यवस्थीत बनाउन सरकार समक्ष माग

काठमाडौ, ९ भदौ—एनआरएनले सरकार र सरोकारवाला निकायलाई झकझकाउदै वैदेशिक रोजगारलाई सुुरिक्षत, व्यवस्थीत र मर्यादित बनानउ आग्रह गरेका छन् । १६बुदे घोषणा पत्र जारी गर्दै गैरआवासीय नेपाल संघ(एनआरएन) को मध्यपुर्व क्षेत्रिय छैठौं बैठक युएईको दुवईमा कार्यक्रम सम्पन्न भएको थियो ।
बैठकमा नेपाल सरकारले लागुु गरेको शुन्य लागतमा कामदारलाई वैदेशिक रोजगारमा पठाउने नीतिलाई प्रभावकारी रहेको र यसको कार्यन्वयन गर्न सम्बन्धित मुुलुुकसंग यथाशिघ्र श्रम सम्झौता गर्नुपर्ने बताएका छन् । यसै गरि नेपाली कामदारलाई दक्ष बनाउने अभिमुखिकरण तालिम दिन आवश्यक रहेको बताए ।