रुपन्देहीमा लागुऔषध कारोबारको अखडा बन्दै

 

काठमाडौं, ९ भदौ—रुपन्देही प्रहरीका अनुसार लागु औषधको कारोबारको अखडा बन्दै गएकोछ । खुला सिमाना तथा तीव्र सहरीकरणका कारण यहा लागु औषधको कारोबार बढ्न थालेको संघीय प्रहरी इकाइ भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र ढकालले बताए ।
नेपालमा प्रतिबन्धित स्पामो, नाइट्रोसन, नाइट्रोभेट, फेन्सीडिल, कोरेक्स लगायतका लागू औषध सिमावर्ती भारतीय बजार सुनौलीमा सजीलै किन्न पाईने राजेन्द्रले खुलाए । पाच वर्षममा लागुऔषध दुुरुपयोग तथा ओसारपसारका १ हजार ४ सय १६वटा मुद्धा दर्ता भएको उनले बताए । जसमा २ हजार १ सय ६३ जना पक्राउ परेका छन् । यि मध्ये पनि ६७ जना महिला छन् । यसमा मुख्य व्यापारि चाहि जम्मा ५ प्रतिशत रहेको राजेन्द्रले सुनाए । यस्तो विकराल रुप नियन्त्रण गर्न प्रहरी सक्रिय हुुदै आएको उनले बताए ।