प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

काठमाडौं, ८ भदौ —प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरिएको छ । बिहीबार बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरेको हो ।
यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो ।