बिमस्टेकका लागि व्यस्त सडक दिउँसै पिच, काठमाडौंमा बढ्यो जाम

काठमाडौ, ८ भदौ —काठमाडौमा हुन लागेको बहुपक्षिय प्राबिधिक तथा आर्थिक सहय(ोगका लागि बंगाmलको खाडीमा प्रयास (बिमस्टेक) को तयारी सुुरु भएको छ । काठमाडौं रंग्याउन सरकारलाई चटारो छ । मुुख्य सडकहरु धमाधम मर्मत भइरहेका छन् । व्यस्त सडक दिउसैं पिच हुन थालका छन् जसले गर्दा राजधानीमा सडक अस्तव्यस्त हुुनुुका साथै जाम बढेको छ ।
(बिमस्टेक)को चौथो शिखर सम्मेलन १४ र १५ भदौमा काठमाडौंमा हुँदै छ । तेस्रो सम्मेलनबाट नेपालले बिमस्टेकको अध्यक्षता ग्रहण गरेको थियो । सम्मेलनमा बिमस्टेकका सदस्य राष्ट्रहरू नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका राष्ट्र तथा सरकार प्रमुख र सरकरी अधिकारीलगायतको सहभागिता रहनेछ । सदस्यराष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री तथा सरकारी कर्मचारी गरी करिब सयजनाको सहभागिता रहनेछ ।