अफवाह फैलाएको भन्दै फेशबुकले ६सय ५२ वटा पेज र ग्रुप बन्द गर्यो

 

काठमाडौं, ६ भदौ—फेशबुुकलले ६ सय ५२ वटा पेज र ग्रुप बन्द गरेकोछ । सामाजिक सन्देश मार्फत गलत सुचना दिएको भन्ने आरोपमा फेशबुकले यस्तो गरेको हो । ती पेज अधिकांश रुस र ईरानमा बनाइएका हुुन् । अमेरिका, बेलायत, ल्याटि अमेरिका, मध्य पुर्वमा अनेकौ अफवाह फैलाएको फेशबुकले जनाएकोछ । बन्द गरिएका पेज मध्ये, केहि चाहि रुसी सेनाले सञ्चालन गरिएको अमेरिकीी प्रशासनको आंशका छ ।

अमेरिकी कानुन बमोजिमको उनीहरु विरुद्ध कार्बाही अघि बढाईएको छ । फेसबुकलाई सुरक्षीत बनाउन आफ्नो टिमले सक्रियताका साथ नक्कली पेज, अकाउण्ट र ग्रुपको खोजी गरिरहेको फेसबकका प्रमुख मार्क जुकरबर्गले बताउनुभएको छ ।