मुस्लिम धर्मावलम्बीको दोस्रो महान चाड ईदुल बकर ईद मनाइदै, प्रदेश १, २ र ५ मा सरकारले दियो सार्वजनिक विदा

 

काठमाडौं, ६ भदौ—मुस्लिम धर्मावलम्बीले आज ईदुल अजहा अर्थात बकर ईद मनाउदैछन् । यो उनीहरुको दोस्रो महान चाडका रुपमा मनाइन्छ । बिहानै नहाई धुवाई गरि सफा लुुगा लगाएर सबै मुस्लिमहरु ईदगाहा तथा मस्जिद वा खुला मैदानमा भेला भई नमाज पढेर सामुहिक रुपमा प्रार्थना गर्ने चलन छ ।

बधाई तथा शुुभकामना आदान प्रदान गर्न एक अर्कासंग हातेमालो गरि अंकलमाल हालेर ईदुुल अजहाको उत्सव दिने गरिन्छ । बकर ईदको अवसरमा प्रदेश एक, २ र ५ सरकारले आज सार्वजनिक विदा दिएका छन् । कुरानमा उल्लेख भएअनुसार अल्लाहले हजरत इब्राहिमसँग सबैभन्दा प्यारो वस्तुको बलि माग्दा हजरत ईब्राहिमले आफ्नो अति प्यारो पुत्र हजरत ईस्माईलको बलिस्वरुप त्याग वा कुर्वानी दिन तत्परता देखाएको हुँदा त्यस दिनदेखी ईदको यो चाड मनाउन थालिएको हो ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।